अख्तियारको प्रतिवेदन भन्छ :-प्रशासन र प्राविधिक कर्मचारी सबैभन्दा भ्रष्ट,नासु घुस्याहा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदन अनुसार प्रशासन र प्राविधिक सेवाका कर्मचारी सबैभन्दा भ्रष्ट रहेको भेटिएको छ । अख्तियारले हालै सार्वजनिक गरेको ३१ औं बार्षिक प्रतिवेदन केलाउँदा प्रशासन र प्राविधिक कर्मचारी सबैभन्दा घुस्याहा रहेको विवरण सार्वजनिक भएको हो ।
आर्थिक बर्ष ०७७/ ७८ मा त्यहाँ दर्ज भएका घुस रिसवतसम्बन्धी मुद्धाको प्रतिवादीको पदगत र पेशागत विवरण अनुसार प्रशासन,प्राविधिक,प्रहरी,शिक्षक,निर्वाचित वा मनोनीत जनप्रतिनिधि,मतियारमध्ये प्रशासन र प्राविधिक सेवाका कर्मचारी उत्तिकै संख्यामा घुस्याहा रहेको विवरण सार्वजनिक गरिएको छ ।
त्यहाँ दर्ज भएका १२४ थान मुद्धामा ९७ जना राष्ट्रसेवक डामिएका छन् ।

Advertisement 1

 

आयोगको प्रतिवेदन अनुसार कर्मचारीहरुले कानुनले तोकेको निश्चित प्रक्रिया पूरा गरेपछि कार्यालयबाट नियमअनुसार पाउनुपर्ने सेवामा समेत केही कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएको भेटिएको उल्लेख गरेको छ । रिसवत अर्थात घुस लिएको सप्रमाणसहित आयोगमा दायर भएका मुद्धा पृष्टि भएसँगै आयोगले विशेष अदालतमा ७० वटा मुद्धामा ८५ जना राष्ट्रसेवक कर्मचारीलाई प्रतिवादी कायम गरी मुद्धा दायर गरेको जनाएको छ ।
्यसरी घुस अर्थात रिसवत लिनेमा ५ जना उपसचिव वा सो सरहका कर्मचारी रहेको आयोगले जनाएको छ । २४ जना शाखा अधिकृत रहेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदन केलाउँदा घटीमा १ हजारदेखि बढीमा ३७ लाख ५० हजारसम्म घुस ती कर्मचारीहरुले बुझेका छन् । १० हजारभन्दा कम बिगो भएका ११ वटा,१० हजारदेखि १ लाखसम्मका ३५ वटा,१ लाखदेखि ५ लाखसम्मका १६ वटा र ५ लाखदेखि १० लाखसम्मका ४ वटा,१० लाखदेखि ५० लाखसम्मका ३ वटा मुद्धा रहेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

Advertisement 2


प्रतिवेदन अनुसार,सबैभन्दा घुस्याहा प्रशासन र प्राविधिक सेवाका कर्मचारी रहेको जनाइएको छ । जसमध्ये प्रशासन र प्राविधिक सेवातर्फका ३४/ ३४ जना कर्मचारी डामिएका छन् । उपसचिव तहका प्रशासन सेवाका २ जना डामिँदा प्राविधिक तर्फका ३ जना अख्तियारको फन्दामा परेका छन ।
घुस लिनेमा निजामती प्रशासनतर्फ सम्भावना बोकेका १२ शाखा अधिकृत,१० जना नायब सुब्बा,३ जना खरिददार,७ साहायक कर्मचारी छन् । यस्तै प्राविधिकतिरका ९ शाखा अधिकृत,१४ नायब सुब्बा वा सो सरहका कर्मचारी फन्दामा पर्दा ३ जना खरिददार वा सो सरहका र साहायक कर्मचारी ५ जना छन् ।
प्रहरीतर्फका १६ जना र शिक्षक १ जना समेत यही मेलोमा मिसिए । सो प्रतिवेदन अनुसार,यो अवधिमा निर्वाचित जनप्रतिनिधि ६ जना,३३ जना मतियार फन्दामा परेका छन् ।

प्रकाशित :२०७८ मंसिर १५, बुधबार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry