उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

गोरखा। आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ।

Advertisement 1

हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन्। स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ। कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ छ।

“आकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ”, उनले भने, “बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ।” हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ।

Advertisement 2

प्रकाशित :२०८३ मंसिर ८ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]