ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
Advertisement 1
मृत्यु हुनेमा धादिङ सिद्धलेक गाउँपालिका–६ करिब ३० वर्षीय सञ्जीव मगर रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
उक्त दुर्घटनामा सहचालक प्रदीप विकसमेत घाइते भएको प्रहरीले जनाएको छ। डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु२ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित :२०८३ आश्विन २६, सोमबार १५:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













