पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ। नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ। नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको भीड लागेको छ भने पाथीभरा क्षेत्र र फेदीका होटलमा पनि तीर्थयात्रीको चहलपहल बढेको छ।
कञ्चनजङ्घा, मकालु र फक्ताङलुङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न तथा पाथीभरा माताको दर्शन गर्न आएकाहरूले प्रायः सबै होटल भरिएका स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले राससलाई बताए।
नवरात्रमा तीर्थयात्रीको आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले समितिसहित सम्बन्धित निकायसँगको समन्वयमा आवश्यक प्रबन्ध गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए।
प्रकाशित :२०८३ आश्विन २५, आईतवार १३:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







