महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

बागमती। काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको छ।
Advertisement 1
राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गरेका हन्।
त्यस कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि समेत महत्त्वपूर्ण रहेको बताए। द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको उनले प्रशंसासमेत गरे।
Advertisement 2
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको काम निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिए।
नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजनाको भौतिक प्रगति हाल सम्म ५०.५४ प्रतिशत भएको कार्यक्रममा जानकारी दिइयो।
Advertisement 3
प्रकाशित :२०८३ मंसिर २ गते, बुधबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









