नेपाली प्रतिनिधिमण्डलद्वारा जलवायुजन्य आपत्कालीन एजेन्डामा छलफल

काठमाडौं। अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिन तान्जानियाको अरूसा पुगेको नेपाली प्रतिनिधिमण्डलले भोटेकोशी र त्रिशूली बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको विपद्लाई केन्द्रित गरी जलवायु आपत्कालीन एजेन्डाका विषयमा आईपीयू सचिवालयसँग छलफल गरेको छ।
Advertisement 1
छलफलका क्रममा जलवायुजन्य विपद्बाट प्रभावित तथा संवेदनशील क्षेत्रमा जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, उत्थानशीलता अभिवृद्धि तथा अन्तरराष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको सभामुख डोलप्रसाद (डीपी) अर्यालको सचिवालयले जनाएको छ।
सम्बन्धित प्रस्तावलाई आईपीयू महासभाबाट पारित गराउन नेपालले विभिन्न सदस्य राष्ट्रसँग छलफल गरी समर्थन जुटाउने प्रयास गरिरहेको छ।
प्रकाशित :२०८३ आश्विन २०, मंगलवार १५:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








