छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पु¥याउने बताएका छन्।

Advertisement 1

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान र आस्थालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन्।

छठ पर्वले राष्ट्रिय एकता, अखण्डता र सामाजिक मेलमिलाप कायम राख्दै मुलुकमा शान्ति र अमनचयन प्रवद्र्धन गर्न प्रेरणा दिने विश्वास सन्देशमा प्रदेश प्रमुख भट्टले व्यक्त गरेका छन्।

Advertisement 2

प्रकाशित :२०८३ कार्तिक २९ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]