सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हन्।
Advertisement 1
आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गरेको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले राससलाई जानकारी दिए। सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुने उनले बताए।
प्रकाशित :२०८३ कार्तिक २९ गते, आइतबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








