छठ पर्वले श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने

जनकपुरधाम। मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले छठ पर्वले प्रकृति र जीवनप्रतिको श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने बताएका छन्। छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छठजस्ता पर्वका माध्यमबाट सहिष्णुता र पारस्परिक सम्मानमा आधारित सामाजिक एकतालाई बलियो बनाउने बताएका छन्।
Advertisement 1
मधेस प्रदेशसहित समग्र राष्ट्रमा शान्ति, सुशासन, समृद्धि र भाइचाराको भावना विस्तार गर्न यो पर्वबाट प्रेरणा मिल्ने विश्वास उनले सन्देशमा व्यक्त गरेका छन्।
प्रकाशित :२०८३ कार्तिक २९ गते, आइतबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








