चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मुस्ताङ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।

Advertisement 1

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले “चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” भनीन्।
उनी तीनदिने भ्रमणमा लोमान्थाङ पुगको, टोलीमा ५ जना चिनियाँ रहेका र आज
लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएका हन्।

Advertisement 2

लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ।
रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्दै आएको थियो।

प्रकाशित :२०८३ आश्विन १८, आईतवार १२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम