प्रदेश प्रमुख खापुङलाई आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रतिवेदन आज पेस गरेका छन्।

Advertisement 1

त्यस अवसरमा प्रदेश प्रमुख खापुङले संवैधानिक अधिकारप्राप्त आयोगको वार्षिक प्रतिवेदन वैज्ञानिक एवं व्यवस्थित रहेको बताए। संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारअनुसार आयोगले सूक्ष्म ढङ्गले काम गरिरहेको उल्लेख गर्दै उनले नेपालको भूगोलभित्र बसोबास गर्ने विविध जातजाति, भाषाभाषी, धर्म, संस्कृति र सभ्यता संरक्षणमा आयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

प्रदेश प्रमुख खापुङले राज्यले नागरिकप्रति समान व्यवहार, सामाजिक न्याय र समावेशिताको सिद्धान्त कायम राख्नुपर्ने धारणा राख्दै प्रतिवेदनका मर्म, सिफारिस र सुझाव सरकारले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए।

Advertisement 2

आयोगका अध्यक्ष थापा मगरले नेपालको कुल जनसङ्ख्याको ३४.८७ प्रतिशत आदिवासी जनजाति रहेको जानकारी दिँदै उनीहरूमध्ये ६८.९ प्रतिशतले आफ्नै भाषा प्रयोग गर्ने गरेको जानकारी दिए। उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा आदिवासी जनजातिको सहभागिताको अवस्था उल्लेख नभएकामा चिन्ता व्यक्त गर्दै उनीहरूको साक्षरता दर ७८.२ प्रतिशत मात्र रहेको बताए।

प्रकाशित :२०८३ कार्तिक १७ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]