आयुर्वेद थेरापीप्रति जनआकर्षण बढ्दै

झापा। झापामा आयुर्वेद थेरापी सेवाप्रति स्थानीयवासीको आकर्षण बढ्दै गएको छ। गत ४ वर्षमा अर्जुनधारा नगरपालिकाको आयुर्वेद शाखाबाट ४६ हजार ९३६ जनाले आयुर्वेद थेरापी सेवा लिएका छन्।

Advertisement 1

थेरापीलाई पूर्वपञ्चकर्म पनि भनिन्छ। नगरपालिकाको आयुर्वेद शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ९ हजार ८५०, आव २०८०/८१ मा नौ हजार ५५३, आव २०८१/८२ मा १३ हजार २४४ र आव २०८२/८३ मा १४ हजार २८९ जनाले उक्त सेवा लिएको कविराज अनिल ठाकुरले जानकारी दिए।

पक्षाघात, नसासम्बन्धी समस्या, हाडजोर्नी, पिनासलगायतका समस्याबाट प्रभावित बिरामीले आयुर्वेद थेरापी सेवा लिँदै आएका छन्। आयुर्वेद शाखाबाट उपलब्ध गराइएको ओपिडी सेवामार्फत चार वर्षमा ३५ हजार ८०० जनाले उपचार तथा औषधि सेवा लिएका छन्।

Advertisement 2

आव २०७९/८० मा ८ हजार ६८५ जना, आव २०८०/८१ मा ७ हजार ८८९ जना, आव २०८१/८२ मा ९ हजार ४९२ जना र आव २०८२/८३ मा ९ हजार ७३४ जनाले ओपिडी सेवा लिएका छन्।

आयुर्वेद स्वास्थ्य शिविरसमेत सञ्चालन हुँदै आएको छ। शिविरबाट पायल्स, फिस्टुलालगायत मलद्वारसम्बन्धी समस्या तथा वाथ, हाडजोर्नी र नसासम्बन्धी समस्या भएका १ हजार ८०० भन्दा बढी बिरामीले उपचार, औषधि र परामर्श सेवा पाइसकेका छन्।

Advertisement 3

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरपालिकाले आयुर्वेद सेवालाई प्राथमिकतामा राखेको बताउँछन्। “सबैभन्दा ठूलो कुरा रोग लाग्न नै दिनु हुँदैन”, उहाँले भन्नुभयो, “लाग्यो भने पनि उचित उपचारका लागि नगरपालिका प्रयासरत छ।” उनले अव्यवस्थित जीवनशैलीका कारण रोगको जोखिम बढ्दै गएकाले जीवनशैलीलाई व्यवस्थित गर्दै उचित खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए।

अर्जुनधारा–३ खुदुनाबारीमा आयुर्वेद गाउँघर क्लिनिक तथा पूर्वपञ्चकर्म (थेरापी) सेवा नियमित सञ्चालन हुँदै आएको छ। हाल औषधालयबाट दैनिक ४० देखि ४५ जनासम्म बिरामीले पूर्वपञ्चकर्म, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा परामर्श सेवा लिँदै आएका छन्।

आयुर्वेद शाखाले उपचारसँगै रोगको रोकथाम र स्वस्थ जीवनशैली प्रवद्र्धनलाई प्राथमिकता दिएको छ। गत ४ आर्थिक वर्षमा वडा तहमा आयुर्वेद तथा स्वस्थ जीवनशैलीसम्बन्धी सचेतनामूलक अभिमुखीकरण तथा भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ।

नगरपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा शिक्षिकालाई आयुर्वेद र योग शिक्षासम्बन्धी तालिमसमेत प्रदान गरिएको शाखाले जनाएको छ।

प्रकाशित :२०८३ आश्विन १३, मंगलवार १२:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम