विपद् व्यवस्थापनका लागि आपसी समन्वयमा मुख्यमन्त्रीको जोड

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारबीच आवश्यक भएको बताएका छन्।
Advertisement 1
आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफलमा उहाँले विपद् व्यवस्थापनका योजना कार्यान्वयनदेखि अनुगमन, उद्धार तथा राहतसम्मका काममा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए।
विपद्पछि राहत र उद्धारमा मात्रै सीमित नभई जोखिम न्यूनीकरण तथा सम्भावित क्षति रोक्ने योजनामा पनि सरकारले लगानी बढाउनुपर्ने उनको कथन थियो।
Advertisement 2
विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिएर प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री आचार्यले बताए।
प्रकाशित :२०८३ कार्तिक १३ गते, शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








