ह्विलचियर नहुँदा समस्या

जुम्ला। तिला गाउँपालिका–१, रारा गाउँका प्रकाश रावतलाई ह्लिचियर नहुँदा समस्या भएको छ।
Advertisement 1
पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका आड वर्षीय रावतलाई सहायक सामग्री अर्थात् ह्लिचियरको अभावमा हिँड्डुल गर्न कठिन भएको प्रकाशका बुबा जग्गबहादुर रावतले जानकारी दिए।
उनले भने, “छोराले बोल्ने र हिँडडुल गर्न सक्दैन, घर परिवारको एक जनाको साहरा चाहिन्छ। सहायक सामग्री अभावहुँदा निकै कष्ट सहनुपरेको छ।”
Advertisement 2
पाँच वर्ष अगाडि आईएनएफ नेपालले प्रकाशलाई एक ह्लिचियर प्रदान गरेको थियो। अहिले बिग्रिएर कामै नलाग्ने अवस्थामा पुगिसकेको छ। नयाँ ह्लिचियरका लागि स्थानीय सरकार र गैरसरकारी सङ्घसंस्थालाई माग गर्दा पनि सुनुवाइ भएको छैन।
नजिकको सरकार भनेकै गाउँपालिका हो। पालिकालाई ह्विलचेयरलगायत सहायक सामग्री उपलब्ध गरेको छैन। स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिका लागि केही बजेट विनियोजन नभएको रावतले बताए।
Advertisement 3
अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री, आयआर्जन, सीपमूलक कार्यक्रमका लागि यो वर्षबाट बजेटको व्यवस्थापन गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।
स्थानीय नन्दप्रसाद धितालले मापदण्ड अनुरूपका अपाङ्गमैत्री सरकारी संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन सङ्घर्ष गर्नुपरेको बताए।








