उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले बागमती प्रदेशका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

Advertisement 1

मुख्यमन्त्री थापा मगरले आज सन्देश जारी गर्दै निरन्तर वर्षा भइरहेका कारण खोलानाला तथा नदीको सतह बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई थप सचेत रहन, सुरक्षित रहन, र लामो यात्रा नगर्न आग्रह गरे।

उनले भने, “मौसमजन्य प्रकोप नियन्त्रण गर्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ, मौसम र प्रकृति हाम्रो नियन्त्रणभन्दा बाहिरको विषय भएकाले यसलाई नियन्त्रण गर्न सकिँदैन, तर यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण भने अवश्य गर्न सकिन्छ र त्यसैमा हाम्रो प्रयत्न जारी छ।”

Advertisement 2

विपद् जोखिम न्यूनीकरणका निकाय एवं प्रदेश मातहतका सुरक्षा निकायदेखि सरोकारवालाहरु कुनै पनि घटनामा तत्काल उद्धारका लागि सक्रिय रहने गरि तयारीमा रहनसमेत आग्रह गरे।

प्रकाशित :२०८३ आश्विन ९, शुक्रबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम