सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली। कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतमातहतका कार्यालयलाई निर्देशन दिइएको छ।

Advertisement 1

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरूलाई निर्देशन दिएका ह। आज बसेको भर्चुअल बैठकमार्फत उनले ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा संक्षिप्त जानकारी तथा निर्देशन दिएका ह।

ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मातहतका कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको उनले बताए। “मुलतः ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट गरेका काम कारबाहीलाई प्रभावकारी कार्यान्वयन गर्न, गैरव्यावसायिक आचरण र व्यवहार नियन्त्रण तथा नागरिकमैत्री सेवा प्रवाहमा विशेष जोड दिन निर्देशन गरेको छु”, उनले भने।

Advertisement 2

प्रहरी उपरीक्षक रिजालले ट्राफिक व्यवस्था तथा सडक सुरक्षालाई सुदृढ बनाउन आफ्नो क्षेत्रका सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न ट्राफिक प्रमुखहरूलाई सुझाए। कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका निम्ति आवश्यक रणनीति अपनाउन सक्रिय भूमिका खेल्न निर्देशन गरिएको उनको भनाइ थियो।

उक्त बैठकमा उपस्थित ट्राफिक प्रमुख सबैले आआफ्नो क्षेत्रमा भोगेका, समस्या चुनौतीसहित अनुभव प्रस्तुत गरेका थिए। ती समस्या समाधानका निम्ति उहाँले आवश्यक मार्गनिर्देशन प्रदान गरिएको जनाए।
–––

प्रकाशित :२०८२ चैत्र १०, मंगलवार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry