लमजुङका ६ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

लमजुङ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार लमजुङका छ पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ।

Advertisement 1

जिल्लाका ८ स्थानीय तहमध्ये बेँसीसहर, सुन्दरबजार, मस्र्याङ्दी, दूधपोखरी, दोर्दी र क्व्होलासोथरमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको नेपाली कांग्रेस लमजुङका जिल्ला सचिव कृष्णबहादुर अधिकारीले बताए।

उनीअनुसार बेँसीसहर नगर कार्यसमितिको सभापतिमा पूर्णबहादुर थापा (अर्जुन), सुन्दरबजारको सभापतिमा उत्तम गुरुङ, मस्र्याङ्दी गाउँ कार्यसमितिको सभापतिमा लोकनाथ घिमिरे, दूधपोखरीको सभापतिमा कमलप्रसाद धिताल र दोर्दीको सभापतिमा लालबहादुर गुरुङ र क्व्होलासोथर गाउँ कार्यसमितिको सभापतिमा राजु गुरुङ चयन भएका छन्।

Advertisement 2

बाँकी मध्यनेपाल र राइनास नगरपालिकामा भने सभापतिका आकाङ्क्षीबीच सहमति जुट्न नसक्दा नेतृत्व चयन हुन नसकेकोे सचिव अधिकारीले बताए।

सचिव अधिकारीका अनुसार ती पालिकामा सहमति हुन नसकेका खण्डमा निर्वाचनमार्फत नेतृत्व चयन गरिनेछ। सहमति जुटाउन केही समय लागेमा असोज १० गतेपछि पनि अधिवेशनको प्रक्रिया अघि बढ्नसक्ने उनको भनाइ छ।

प्रकाशित :२०८३ आश्विन ८, बिहीबार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम