द्वन्द्वपीडितका समस्या समाधान गर्न विशेष कार्यदल बनाउँछौं :- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताउनुभएको छ । बिहिबार प्रधानमन्त्रीलाई भेट्न वालुवाटार पुगेका द्धन्दपीडित सुरक्षाकर्मीका परिवार तथा आफन्जनका पीडा सुनेलगतै प्रधानमन्त्री ओलीले त्यस्तो आश्वासन दिनुभएको हो ।
अर्थमन्त्री,गृहमन्त्रीसहित सरकारका उच्चपदस्थहरु समेत सामेल उक्त भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्धन्दपीडितहरुका पीडा सुनेपछि राज्यले शान्तिसुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशङ्का वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्वपीडित रहेको उल्लेख गर्दै जता पट्टिबाट गोली चलेर मारिएको भए पनि तिनमा आश्रित एकल महिला, उनका अभिभावक उनमा आश्रित सन्तानको पीडा उस्तै रहेको बताउनुभयो ।
Advertisement 1
प्रधानमन्त्री ओलीले द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा तत्काल कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने समेत बताउनुभएको सो भेटघाटमा सहभागी द्धन्द पीडित सुरक्षाकर्मी संगठनको बरिष्ठ उपाध्यक्ष रीता कार्कीले जानकारी दिनुभयो । कार्यदलमा अर्थ,गृह र कानुनमन्त्री सामेल रहनेछन् ।
यस्तै प्रधानमन्त्री ओलीले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्नेसमेत बताउनुभयो । झण्डै १ घण्टा ४० मिनेटसम्म पीडितसँगको कुराकानीको क्रममा प्रधानमन्त्री ओली द्धन्द अरुले गराए,सामाधान आफूले गर्नुपरेको समेत बताउनुभयो । यस्तै जुनसुकैतर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने ‘क्षमा गर र विर्सको भावबाट जानुपर्दछ प्रधानमन्त्रीले भन्नुभयो ।
Advertisement 2
कार्यक्रममा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारकातर्फबाट रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्यपालन गर्दा कूल दुई हजार ८९४ सुरक्षाकर्मी मारिएका र झण्डै एक हजार व्यक्ति घाइते भएको बताइन् । ती सुरक्षाकर्मी आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उनले उल्लेख गरिन् ।प्रधानमन्त्री ओलीलाई भेट्न र आफ्नो पीडा पोख्न द्धन्द पीडित सुरक्षाकर्मी संगठनको बरिष्ठ उपाध्यक्ष रीता कार्की,कोषाध्यक्ष राधिका खड्गा,सह सचिव कुन्ता अधिकारी,सदस्य बसन्त पोखरेल,धनकला टमाटाहरुको एक टोली पुगेको थियो । प्रधानमन्त्रीसँग भेटघाटको व्यवस्था मिलाउन पहल गर्ने सल्लाहकार रीता सेनलाई संस्थाले विशेष आभार व्यक्त गरेको छ ।