कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाडौं। प्रतिनिधिसभाका सभामुख सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।

Advertisement 1

बैठकमा प्रतिनिधिसभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूको सङ्ख्या ठूलो रहेको सन्दर्भमा असोज १६ गतेभित्र ती विधेयकहरूलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने गरी कार्यसम्पादन अघि बढाउने विषयमा परामर्श भएको छ।

उक्त कार्यभार व्यवस्थापनका लागि असोज ८ र १२ गतेसमेत प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तथा २०८३ असोज ७ देखि १६ गतेसम्मको सम्भावित कार्यतालिकाभित्र उपलब्ध कार्यभार व्यवस्थापन गर्ने सम्बन्धमा समितिबाट परामर्श प्राप्त भएको छ।

प्रकाशित :२०८३ आश्विन ७, बुधबार १६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम