चर्चा नचाहने बमबहादुरको एकाएक चर्चा

अञ्जनकुमार।
नाम अनुसारको काम र व्यवहार हुन्थ्यो भने त रामहरु किन हराम हुन्थे ? दयाराम किन निर्दयी हुन्थे ? हरि नाम गरेका कति निष्ठुर हुन्थे र ? झट्ट सुन्दा बमबहादुरलाई पनि बम भन्ने बित्तिकै बम झै पड्किन्छ्न होला ? कठोर छन होला तर बमबहादुर नौनी भन्दा नि नरम। त्यसैले त उनलाई नझुराउने प्राय मान्छे नै भेटिन्न।
Advertisement 1
पर्वत कुश्माबाट ०२९ सालतिर बाबूसंगै हात र मुख मात्रै लिएर लमजुङ पसेका बमबहादुर विश्वकर्माको जगजगीलाई लिएर आज लमजुङेले उनलाई रतन नवल टाटाकै संज्ञा दिनपछि परेका छैनन्। लमजुङको भिरपाखा हुँदै ०४५ सालतिर सदरमुकाम बेसीशहरमा जय लक्ष्मी सुनचाँदी पसल संचालनमा ल्याएका बिश्वकर्मा सायद गण्डकीमै पहिलो हिरा व्यापारीमा पर्छन् होला। एउटा सानो टहरोबाट शुरु भएको उनको पसल र त्यसका साहु विश्वकर्मा आज हिरा व्यापारीसम्म आइपुग्दा उनको व्यवहारमा कुनै तात्त्विक भिन्नता छैन।
’उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ रझ हो बमबहादुर त्यही फलेको वृक्ष हुन। साना हुन वा ठुला, दीनहीन हुन वा महाजन, सबै सबैका लागि नरम,शिष्ट र करुणाको खानी बमबहादुरको पछिल्लो चर्चा रसुवा महाविपत्तीको कारण बन्यो।
Advertisement 2
आफ्नो कमाईको एकतिहाई सामाजिक सेवामै खर्च गर्दै आएका उनले यो सेवाभाव खासै चर्चा गर्न चाहदैनन्। दान गरेको कुरा खासै सार्वजनिक गर्ने र आडम्बरी बन्ने सोख उनको शब्दकोष भित्र पर्दैन। सामाजिक सेवामा उनको लगानी को कुनै हिसाब छैन तर केही दिन अघि मात्रै प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा तत्कालका लागि उनले नगद १ लाख १० हजार ५ सय जम्मा गरेको जिल्ला प्रशासन कार्यालय मार्फत जानकारी भएपछि सुन व्यवसायीहरु लुट्न मात्र जानेका छन भन्ने भाष्यलाई यसले सल्यक्रिया गरिदियो। त्रिवेणी युवा क्लबले कुनै कार्यक्रमको आयोजना गर्दा होस् वा कुनै स्कुल, सामाजिक भवन निर्माणमा होस वा धार्मिक अनुष्ठानका कुनै कार्यक्रममा चन्दादानमा विश्वकर्मा नै अग्रभागमा देखिन्छन्। मानव सेवामा उनको लगानी को कुनै हिसाबकिताब त छैन भन्छन् रतन जि जस्तो आफ्नो आम्दानीको ६६ प्रतिशत नै सामाजिक सेवामा लगानी गर्न नसकेपनि आफ्नो गच्छे अनुसारको सेवामा लगानी गर्ने सानैदेखि को निरन्तरता मात्र भएको बताउँछन्।
हिजो दुख थियोे आम्दानी थिएन र पनि त्यही अनुसारको गरियो। आज मेहनत र दुखै गरेर सन्तुष्टिले खाना लाउन पुगेको छ। त्यत्ति उत्पात केही गर्नु छैन छोराछोरी आफ्ना खुट्टामा उभिन सक्ने भएका छन्। धेरै लोभ लालच गरेर केही हुन्न। सेवा गर्नु जत्तिको आत्मसन्तुष्टी केही छैन। आखिर रित्तै आएको जानेपनि त रित्तै हो। आँङमा भएको एकसरो कपडाधरी मिल्काउन पर्छ। अनि, घमण्ड रिसराग र आसक्ति लागि मिल्काउन नसके मानवजीवन सार्थक छैन। लमजुङ सुनचाँदी व्यवसयी सघको अध्यक्ष समेत रहेका बमबहादुर मरेपछि नामले होईन आफुले गरेको कर्मले आफुलाई समाजले सम्झियोस भन्न चाहन्छन्। साथीभाइ हरु सग त्यस्तै सरल शैली र सहज ढंगले प्रस्तुत हुने बमबहादुरलाई लमजुङेहरुले त्यसै रतन टाटाको दर्जा दिएका हुन र ! सोच दुवैको सोच एउटै, फरक मात्र परिणामको।








