लकडाउन घोषणासँगै काठमाडौं छाड्नेहरुको ताँती
सरकारले १६ वैशाखदेखि लकडाउन गर्ने भएसँगै सोमबार र मंगलबार काठमाण्डौ शहर छाड्नेको भीड बाक्लो छ । नयाँ बसपार्क,पुरानो बसपार्क,कोटेश्वर,कलँकी लगायतका क्षेत्रमा बिहानैदेखि गाउँ फर्कनेको थेगिनसक्नु चाप छ । शहरमा सवारीको जाम छ ।
Advertisement 1
प्रहरीले सुरक्षा मापदण्डअनुसार घर फर्कन आग्रह गर्दासमेत अटेरी गर्दै मापदण्ड विपरित सार्वजनिक गाडीमा खचाखच यात्रुहरू घर फर्किएको ट्राफिक प्रहरीले जनाएका छन् । जनस्वास्थ्य विज्ञहरूले भने कोरोना अब गाउँ गाउँ फैलने भनी चिन्ता प्रकट गरेका छन् ।
ट्राफिक प्रहरीका अनुसार अन्य दिन दैनिक ३८ /३९ हजार राजधानी छाडेर बाहिरिन्थे । हिजो अपरान्ह लकडाउनको हल्ला चलेसँगै नियमित भन्दा ११ हजार ५ सय बढी राजधानी छाडेर गाउँ फर्किए । ट्राफिक प्रवक्ताका अनुसार हिजो ५० हजार ५५७ जना राजधानी छाडेर गाउँतिर फर्किएका थिए ।
Advertisement 2
यस्तै राजधानी भित्रनेको संख्या पनि बढेको छ । सामान्य अवस्थामा दैनिक ४० हजार हाराहारी राजधानी भित्रदै आएकोमा सोमबार ४१ हजार बढी विभिन्न नाका हुँदै काठमाडौं शहर छिरेका छन् ।