सरुवा मापदण्ड कुल्चँदै महालेखा नियन्त्रक कार्यालय

 
सरुवा पिडित कर्मचारी भन्छन् बदर गराउन अख्तियार र सर्वोच्च जान्छौं
संघीय सरकारमा कार्यरत लेखा समुह संचालन गर्न केन्द्रिय निकायको काम गरिरहेको महालेखा नियन्त्रकले यस बर्ष मापदण्ड संशोधन गरेर सरूवा गर्ने तयारी गरीरहेकोमा हालसम्म २६ उपसचिव र ८० जना लेखा अधिकृतहरूको सरूवा गरिसकेको छ ।उपसचिवको सरूवामा गुनासो सुक्ष्मरुपमा रहेकोमा लेखा अधिकृतको सरूवा सम्म आउँदा मापदण्डको धज्जी उडाएको पिडित कर्मचारीहरूले ईकर्मचारीलाई जानकारी गराएका छन् ।
कार्यालय र मन्त्रालयहरूलाई अनुसुची १,२ र ३ मा बर्गिकरण गरी सरूवा थालेको मलेनिकाले त्यो केवल देखाउँने दाँत मात्र रहेको सरूवा सुची केलाउँदा देखिन्छ । सामान्यतया अनुसुची १ बाट अनुसुची ३वा २ मा, अनुसुची ३ मा रहेका कार्यालयबाट अनुसुची १ वा २ मा प्राथमिकताका आधारमा सरूवा गर्ने भनेपनि धेरैलाई यस अनुसार सरुवा गरेको भेटिदैन । पावर शेयरिङ र मोलमोलाईको मुख्य आधारमा नै सरूवा भएको आशंका गर्न सकिने आधारहरु देखिन्छ ।
उपसचिवहरू जनार्दन बडाल, सुनिता सुवेदी, रूपेश जंग थापा, नारायण दहालहरूलाई अनुसुची २ वाट ३ मा गरिएको छ भने कसैलाई ३ बाट ३ कै कार्यलयमा गरिएको छ भने केही पावरफुलहरूसँग मोलमोलाई नगरी यथावत कायम गरिएको छ ।
त्यसैगरी लेखा अधिकृतमा मापदण्ड मिच्ने काम बढेर गएको छ । सामान्यतया मापदण्ड बमोजिम अनुसुची ३ मा बसेकालाई अनुसुची १ वा २ का कार्यालय दिनुपर्नेमा अनुसुची ३ कै कार्यलयमा लखेटिनुपरेको छ । त्यसरी लखेटिनेमा  लेखा अधिकृतहरु रूपा पन्थी, सर्वोदय उपाध्याय, राजु पाण्डे, समिर पन्थी, दयाराम काफ्ले, परमा पौडेल, इन्दिरा चापागाँई, शालिग्राम चौधरी, ऋषिराम पाण्डे, जिवन घिमिरे लगायतका अनेकौं रहेका छन् ।
यसैगरी मापदण्डले गरेको प्रतिबन्धात्मक बाक्याँसमा रहेको व्यवस्थाको दुरूपयोग समेत गरी अधिकांश सरूवामा मापदण्डको धज्जी उडाईएको छ । पिडित कर्मचारीहरूका अनुसार मापदण्ड संशोधनदेखि नै चलखेल सूरू गरी सेटिङ मिलाएर महालेखाले अख्तियारको दुरूपयोग गरेकाले अख्तियार समेत रिझाउन अख्तियारका केही नेतृत्वको निर्देशनमा समेत सरूवा भएको आशंका रहेको छ भन्छन् तापनि अख्तियारमा उजुरी गर्ने र सर्वोच्चबाट बदर गरी मापदण्ड बमोजिम संशोधन हुनुपर्ने गुनासो गरेका छन् । १/२ दिन भित्र लेखापाल र सहलेखापालको समेत सरूवा गर्ने तयारीमा रहेकाले उक्त सरूवा भएपछि त्यो समेत बिश्लेषण गरी समुहगत मुद्दामा जाने तयारी रहेको पिडित कर्मचारीले बताएका छन् ।
सुचना प्राप्त भएपछि सत्य तथ्य पत्ता लगाउन महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता श्याम भण्डारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रकाशित :२०८१ आश्विन १२, शनिबार १७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry