नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’ः गगन थापा

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन्।
Advertisement 1
उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गर्दै चाडपर्व केवल उत्सवका अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहेको बताएका छन्।
“चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ, हाम्रा चाडपर्वले नेपाली समाजको सांस्कृतिक मौलिकता, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई मज्बुद बनाउँदै आएका छन्,” सभापति थापाले भने।
Advertisement 2
हरितालिकाले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्ने कामना गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा पार्टी र आफ्नो तर्फबाट शुभकामना व्यक्त गरेका छन्।








