सानीभेरीमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ९ जना घाइते

त्रिवेणी। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ को देउता खोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप दुर्घटना भएको हो।

Advertisement 1

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जानकारी दिए। उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी गराए। “जिपमा ११ जना सवार थिए। तीमध्ये पाँच जना घाइतेको अवस्था भने मध्यम छ। जिप चालक र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ भने सनाखत हुन बाँकी छ”, उनले भने।

Advertisement 2

पालिकाले खर्च बेहोर्ने गर्ने गरी घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर माग गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए।

प्रकाशित :२०८३ भाद्र २८, आईतवार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry