१०७ पिन्ट रगत सङ्कलन

पर्सा। विपत्का समयमा रगत अभाव हुन नदिन कवेष्ट फर्मास्युटिकल्स प्रालिले आज रक्तदान कार्यक्रमको आयोजना गरी १०७ पिन्ट रगत सङ्कलन गरेको छ।
Advertisement 1
प्रालिले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव तथा श्री विश्वकर्मा पूजा २०८३ को शुभ अवसरमा रक्तदानबाट १०७ पिन्ट रगत जम्मा गरेको हो। नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा कम्पनीका कर्मचारीले भाग लिएका थिए। कम्पनीले सामाजिक सेवा भावले सो रक्तदान कार्यक्रमको आयोजना गरेको हो। जम्मा गरिएको रगतले बाढीप्रभावित क्षेत्रका बिरामीको जीवन रक्षामा योगदान पुग्ने विश्वास गरिएको छ।
प्रकाशित :२०८३ भाद्र २५, बिहीबार १६:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








