मकालुमा शिक्षकको हत्या

सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोलीहानेर १ शिक्षकको हत्या भएको छ।

Advertisement 1

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो।

विद्यालयमै बस्दै आउनु भएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उनीमाथि गोली प्रहार भएको शिक्षिका टिकामाया राईले जानकारी दिएको प्रहरीले जनाएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित :२०८३ भाद्र १९, शुक्रबार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry