प्रधानमन्त्री शाह र नेता पुनबीच भेट

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले भेट गरेका छन्।
Advertisement 1
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
उनीहरुबीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए। उनीहरुबीचको भेटमा पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज उद्धार र राहतलगायतका विषयमा कुराकानी भएको जनाइएको छ।
प्रकाशित :२०८३ भाद्र १८, बिहीबार १४:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








