/* google adsense */

कर्मचारी अभावको बाबजुत कोरोनासँग कसरी लड्दैछ नौकुण्ड गाउँपालिका ?

विश्वव्यापी कोरोना महामारीको दोश्रो लहरबाट नेपाल पनि अछुत रहेन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले अहिले निषेधाज्ञा जारी गरेको छ । भाइरसको रोकथामका लागि अहिले सबैभन्दा प्रभावकारि भूमिका निर्वाह गरिरहेका छन् स्थानीय सरकारले । यही माहामारी रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारहरु के गर्दैछन् ? तिनका के कस्ता योजना छन् ? के कति काम भइरहेका छन् ? हामीले यही जिज्ञासा राख्यौं,रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका, प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरीसँग ।
३५ बर्ष अघि जुम्ला जिल्लाको गुठीस्वरमा जन्मिएर १६ बर्षकै उमेरमा आइरन गेट (एसएलसी) उत्र्तीण गरेका गिरीले जागिरको प्रारम्भ चाहिँ अध्यापन पेशाबाट भएको । इन्टर दोश्रो बर्ष पढ्दै गर्दा उनी नीजि स्कूलका शिक्षक बने । ५ बर्षसम्म अध्ययन र अध्यापनसँगसँगै दौडाए । ०६५ सालमा शान्ती मन्त्रालय मातहतको स्थानीय शान्ती समीति कार्यलय जुम्लाबाट शाखा अधिकृतमा प्रवेश गरी सरकारी सेवामा होमिए । दुई बर्ष पछि स्थायी भएका गिरी ७५ मंसिरमा शाखा अधिकृत बढुवा भए । जागिरे जीवनको सिलसिलामा कालिकोट, जुम्ला हुँदै त्रिपुरासुन्दरी नगरपालिका डोल्पामा जुम्लाको तातोपानी गाउँपालिका, सुर्खेतको बराहताल गाउँपालिका हुदै अहिले रसुवाको नौकुण्ड गाउँपालिकामा कार्यरत छन् । जागिरसँगै अध्ययनलाई निरन्तरता दिइरहेका गिरी अहिले एमफिल अध्ययनरत छन्

रसुवाको नौकुण्ड गाउँपालिकामा कोरोना संक्रमण फैलन नदिनका लागि हामीले उच्च सतर्कता अपनाएका छौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध पालिकाले १५ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । पर्च्यागको गौतम बुद्ध माध्यामिक विधालयमा ।
संक्रमित विरामीहरुको उपचारको लागि रसुवा जिल्लामा स्थानीय तहको समन्वयमा आइसोलेशन वार्ड र क्वारेन्टाईन निर्माण गरिएको छ । स्थानीय सरकारले जिल्ला प्रशासनले गरेका निर्णयलाई कार्यान्वयन गर्दै काम अघि बढ्नुपर्ने अवस्था छ । कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि आवश्यक मापदण्ड पालना गरेर अघि बढ्न स्थानीयसँग आग्रह गरिरहेका छौँ ।
आइसोलेसन सेन्टर निर्माणको हकमा व्यक्तिले चाहेमा संक्रमण उच्च नभएमा घरमा नै बसेर उपचार गराउन सकिने व्यवस्था छ ।
विकास निर्माणको काम नियमित रूपमा अघि बढिरहेको समयमा कोभिड फैलिएका कारण ध्यान सर्वसाधरण नागरिक जोगाउनेतर्फ केन्द्रीत रह्यो । आज विकास निर्माणलाई थप कसरी व्यवस्थित गर्ने भन्ने विषय बहसमा आएको छ । नेपाल सरकारले निर्णय भएअनुसार हामी पनि चल्नुपर्ने अवस्था रहन्छ । हामीसँग स्थानीय सरकारका योजना साना हुन्छन् । संघीय सरकारका योजना ठूला हुन्छन् । राज्यले निर्माण स्थलमा कामदार राख्नु भने पनि स्थानीय योजनामा बजेट कम हुन्छ ।
कोभिडका कारण अहिले रसुवामा पनि निषेधाज्ञा लगाइएको स्थिती छ । हामीले पालिका भित्र आवात जावात निषेध गरेका छौं । प्रवेशमा रोक लगाएका छौं । सबैभन्दा बढी भीड हुने स्थलहरुमा जान आउन निषेध गरेका छौं । तीर्थयात्री र पर्यटकका लागि पूजाआजा बन्द गरिएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै उहाँहरुलाई अत्यावश्यक पर्ने पीपीई, माक्स, पञ्जा, स्यानीटाइजरलगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेका छौं । कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाइएको छ ।
कोही विदेश बाट आएको भए वा अपरिचित कोही देखिएमा जनप्रतिनिधि,स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई खबर गर्न आग्रह गरेका छौं ।
केहि दिन अगाडी नौकुण्ड भोर्ले वडा नं ५ का शिक्षण अस्पतालमा कोरोनाको कारणले ज्यान गुमाएका छन् । त्यही कारणले ५ नं वडाका कन्ट्याक ट्रेसिङ पनि गरि राखेका छौं । कोरोना रोकथामका लागि स्वास्थ्यका सामाग्रीहरु माग गरेका छौं विशेष गरी माक्स, सेनिटाइजरहरु ।
त्यस्तै सबै वडाहरुले सूचना प्रचार प्रसार गर्ने, घरघरमा सूचना दिने, हामीले प्रहरीहरु पनि परिचालन गरेका छौं । कोरोना पोजेटिभ देखिएको खण्डमा हामीले गाडी खोजेर हस्पिटलसम्म पुराउने व्यवस्था गरेका छौं ।
अहिले पनि चुनौतिको कुरा गर्दा हामी सँग १ जना पनि डाक्टर छैनन् । हामीले दुई तीन पटकसम्म डाक्टर पदका लागि दरखास्त खोल्यौं,आवेदनै परेन । स्टाफ नर्स र अहेबहरु सायद भौगा्ेलिक बिकटताका कारण यहाँ आउन नखोज्नु भएका होला । गाउँपालिकासम पुग्न झण्डै १८ किमि कच्चीबाटो पार गर्नुपर्ने स्थिती छ । यहाँ धेरै पद रिक्त रहेका छन् । आएका कर्मचारी सरुवा भएर अन्यन्त्र जान खोज्छन् । आउन भने खोज्दैनन् ।
गाउँपालिकाले स्वास्थ्यका कर्मचारी करारमा लिएर काम गरिरहेको छ । ५ जना मात्र स्थायी कर्मचारी छन् । स्वास्थ्य चौकीका १२ पद रिक्त छन् । यी सबै करारबाट चलिरहेका छन् । त्यस्तै प्रसाशन तिर ४ पद रिक्त छन् ।
गाउँपालिकाभित्र कसैलाई कोभिड पृष्टि भएको खण्डमा वा त कालिका गाउँपालिकाको जिवजिवे ग्रामीण अस्पतालमा वा त्रिशुली अस्पतालमा रिफर गर्दै आएका छौं । पालिकाभित्र हाल सम्म ४३ जना संक्रमित भेटिएका छन् ।
महेश्वर गजुरेलसँगको कुराकानीको आधारमा

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १५:३५

प्रतिक्रिया दिनुहोस्