भोटेकोशीमा आएको बाढी र यसको ब्यबस्थापन

यही २०८३ भदौ १० गते बिहान करीब पौने ९ बजे तिर तिब्बत हुदै रसुवा जिल्लाको उत्तरी सीमाबाट नेपाल प्रवेश गरेको भोटे कोशीमा आएको बाढीले गरेको धनजनको क्षति अपूरणीय देखियो। यो प्राकृतिक प्रकोपलाई देश विदेश र अन्तर्राष्ट्रिय समुदायले निकै चासो र चिन्ताको विषय बनाएका छन् जुन स्वभाविक पनि हो।

Advertisement 1

यो प्रकोप संग नेपाली जनता र सरकार संगै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले सक्दो सहयोग गरेका र गर्ने प्रतिवद्धता जनाएका छन् जुन सकारात्मक छ। विश्व कै ध्यान आकृष्ट भएको यस प्राकृतिक ( दैवी) प्रकोपमा नेपाल सरकारबाट नै यसको ब्यबस्थापनमा अग्रसरता लिएर प्राप्त सहयोग समेतका आधारमा उद्धार, राहत र पुनस्र्थापनको यो परीक्षामा खरो रूपमा उत्रन आवश्यक हुन्छ।

यस सन्दर्भमा प्राकृतिक प्रकोपका विषयमा विश्वमा प्रयोग भएका राहत तथा उद्धारका आवश्यक चरणहरू पस्कने अनुमति चाहन्छु, जुन यस प्रकार छन्।

Advertisement 2

१. उद्धारको चरण
उद्धार भन्नाले सो प्रकोपबाट प्रभावितहरूको जीवन बचाउने कामलाई बुझाउछ। यस अन्तर्गत जोखिमको तत्काल क्षति तथा आवश्यकताको आकलन (Rapid Assessment) गर्ने
  • फसेका, घाइते, वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलालाई प्राथमिकतामा राखी उद्धार गर्ने।
  •  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय विपद् टोली र स्वयंसेवकलाई एकीकृत रूपमा परिचालन गर्ने।
  • एम्बुलेन्स, स्वास्थ्यकर्मी र प्राथमिक उपचारको व्यवस्था गर्ने।
  • सुरक्षित स्थानमा अस्थायी आश्रय केन्द्र÷सामूहिक आवास स्थापना गर्ने।
  • जोखिमयुक्त भवन, सडक, पुल तथा विद्युत् क्षेत्रमा प्रवेश रोक्ने।
  • सञ्चार सम्पर्क र आपत्कालीन सूचना प्रणाली तत्काल सञ्चालन गर्ने।
२. राहत चरणः आधारभूत आवश्यकता पूरा गर्ने
उद्धारपछि प्रभावित नागरिकलाई बाँच्न आवश्यक सामग्री उपलब्ध गराउनुपर्छ।
प्राथमिक राहत सामग्रीः
  • खाद्यान्न र सुरक्षित खानेपानी
  • अस्थायी आवास, त्रिपाल र कम्बल
  • औषधि तथा स्वास्थ्य सेवा
  • सरसफाइ र शौचालय
  • बालबालिका तथा महिलाका लागि आवश्यक सामग्री
  • कपडा तथा अन्य अत्यावश्यक वस्तु
राहत वितरणमा “जो बढी प्रभावित छ, उसलाई पहिले” भन्ने सिद्धान्त अपनाउनुपर्छ। वास्तविक पीडितको सूची स्थानीय तहबाट तयार गरी दोहोरो वितरण तथा दुरुपयोग रोक्न डिजिटल अभिलेख र सार्वजनिक सूचना प्रयोग गर्न सकिन्छ।
३. पुनस्र्थापना चरण — सामान्य जीवन फर्काउने
राहतपछि मानिसलाई आफ्नै सामाजिक तथा आर्थिक जीवनमा फर्काउनु पुनस्र्थापनाको उद्देश्य हो।
  • क्षतिग्रस्त घर मर्मत वा सुरक्षित स्थानमा पुनर्वास
  • खानेपानी, विद्युत्, सडक र सञ्चार सेवा पुनः सञ्चालन
  • विद्यालय र स्वास्थ्य संस्था सञ्चालन
  • किसानलाई बीउ, मल, पशु तथा कृषि उपकरण सहयोग
  • व्यवसायीलाई पुनः व्यवसाय सञ्चालन गर्न आर्थिक सहायता
  • रोजगारी तथा आयआर्जनका कार्यक्रम सञ्चालन
  • विस्थापित परिवारको सामाजिक तथा मनोसामाजिक सहयोग
४. पुनर्निर्माण — अझ सुरक्षित र दिगो संरचना बनाउने
पुनर्निर्माण गर्दा पहिले जस्तै बनाउने होइन, भविष्यको विपद् सहन सक्ने गरी बनाउने नीति लिनुपर्छ।
  • भूकम्पप्रतिरोधी तथा बाढी÷पहिरो जोखिमअनुकूल भवन निर्माण
  • जोखिमयुक्त स्थानमा बस्ती विस्तार नियन्त्रण
  • नदी तथा खोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण
  • पहिरो नियन्त्रण, तटबन्ध र जलनिकास व्यवस्था
  • सडक, पुल, विद्यालय र अस्पताललाई विपद्–प्रतिरोधी बनाउने
  • वातावरणीय क्षति कम गर्ने
५. सुशासन र समन्वय
सफल विपद् व्यवस्थापनका लागि संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र र समुदायबीच स्पष्ट जिम्मेवारी बाँडफाँट हुनुपर्छ।
एक सरल कार्यचक्रः
प्रकोप → क्षति आकलन → उद्धार → राहत → पुनस्र्थापना → पुनर्निर्माण → जोखिम न्यूनीकरण → भविष्यको तयारी
सबै चरणमा पारदर्शिता, जवाफदेहिता, स्थानीय समुदायको सहभागिता र भ्रष्टाचार नियन्त्रण अनिवार्य हुनुपर्छ।
यस सन्दर्भमा यसको मूल मन्त्र हुन सक्छः “पहिले जीवन बचाउने, त्यसपछि जीविका जोगाउने, अनि अझ सुरक्षित भविष्य निर्माण गर्ने।”

यस पटक भोटे कोशीमा आएको बाढी अकल्पनीय रूपमा आएको हो र यसको क्षति समेत सोचे भन्दा बढी नै भएको छ। यो बाढीको असर नदी किनारका बस्ती बस्ती र राजमार्गहरूमा सघन रूपमा परेको हुदा कतिपय ठाऊमा बस्तीहरू नै सखाप भएका छन्। फेरि यो प्रकोप त्यस्तो बेला आएको छ जुन बेला रसुवामा पर्ने मुख्य धार्मिक तथा पर्यटकीय स्थल गोसाईंकुण्डमा मेला भर्न जाने तिर्थालु जाने बेला परेको थियो र त्यसै गरी यो मार्ग समस्त हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानसरोवर जाने बाटो र समयमा परेकोले पनि अन्तर्राष्ट्रिय पर्यटकहरू समेत यस प्रकोपमा परेका हुन सक्छन्। यी विभिन्न कारणले आततायी हुने हरूको संख्या पक्कै पनि सोचे भन्दा बढी हुनु पर्छ।

संचार माध्यमबाट प्राप्त जानकारी अनुसार सो प्रकोपबाट मृत्यु हुनेको संख्या हाल सम्म ४०० भन्दा बढी रहेको छ र यो प्रकोपको सघनता हेर्दा यो संख्या बढ्ने निश्चितै छ। यसरी शवको संख्या मात्र बढ्ने हैन कि यसको क्षेत्र समेत चीनको सीमा देखि भारतको सीमा सम्म त्रिशुली नदीको किनाराहरूमा फैलिएको हुदा यी शवको ब्यबस्थापन नै चुनौतिको रूपमा देखिन्छ। यसबाट आउने दुर्गन्धको कारण फैलिन सक्ने रोगको प्रकोप झनै डरलाग्दो हुन सक्छ। त्यसैले यो विषयमा उद्धारकर्मीहरू संवेदनशील हुनु पर्छ।

Advertisement 3

यो प्रकोपले देशको समस्त प्रणालीलाई जीवन दिने राजमार्गहरूको कनेक्टिभिटीलाई सूचारू गराउन र सो प्रकोपका कारण प्रभावित विद्युत गृहको पुनर्निर्माण समेत अर्को चुनौतिको रूपमा देखिएको छ। नेपाल पटक पटक यस्ता प्रकोपहरूको सामना गरी अघि बढी रहेको सन्दर्भमा विगतका अनुभवहरूबाट पाठ सिकी यस पटकको यो प्रकोपबाट सो क्षेत्र र त्यहाका जनतालाई राहत प्रदान गर्न सरकार सफल होस् भन्ने कामना छ।

प्रकाशित :२०८३ भाद्र १४, आईतवार १०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry