अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

काठमाडौं। अमेरिकाले नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

Advertisement 1

अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमार्फत नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जानकारी दिएको हो।

विज्ञप्तिमा नेपाली जनता कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अमेरिकाले सहयोग जारी राख्ने उल्लेख गरिएको छ। नयाँ सहायता बाढी प्रभावित नागरिकको तत्कालीन मानवीय आवश्यकता पूरा गर्न परिचालन गरिने जनाइएको छ।

Advertisement 2

अमेरिकी सहयोगअन्तर्गत १० हजार बाढीपीडितलाई ३ महिनासम्म खाद्य सामग्री उपलब्ध गराइने भएको छ। बाढीका कारण खाद्य तथा दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका प्रभावित परिवारलाई लक्षित गरी सहायता परिचालन गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

प्रकाशित :२०८३ भाद्र १४, आईतवार ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry