सुनको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु २ हजार ८०० ले बढेको हो। असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १९ हजार ५०० कायम भएको छ। असली चाँदीको मूल्य प्रतितोला रु ४ हजार ९७५ निर्धारण भएको छ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १६ हजार ७०० र त्यति नै परिमाणको असली चाँदीको मूल्य रु ४ हजार ९८५ कायम भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ भाद्र ७, आईतवार ११:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








