गभर्नरको कार्यकाल ३ वर्षमा झारिँदै

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल ३ वर्षमा सीमित गरिने भएको छ।

Advertisement 1

अर्थ समितिको आजको बैठकमा गभर्नर र सञ्चालकहरूको पाँच वर्षको कार्यकाललाई ३ वर्षमा सीमित गर्न सहमति भएको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा गभर्नरको कार्यसम्पादन सन्तोषजनक भएमा २ वर्ष पदावधि थप्न सकिने प्रस्ताव विधेयकमा गरिएको समितिका सभापति कृष्णहरि बुढाथोकीले बताए।

प्रकाशित :२०८३ भाद्र ४, बिहीबार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry