चिटिक्क बन्योः चिदीचौर खेल मैदान

गुल्मी। चिदीचौर खेल मैदान चिटिक्क र आकर्षक बनेको छ।

Advertisement 1

कूल ७६ हजार वर्गमिटर क्षेत्रफलको खेल मैदानमा दुबो लगाउने काम सकिएपछि आर्कषक देखिएको हो।

रेसुङ्गा नगरपालिकाले खेलकुद मैदानमा दुबो लगाउन रु २० लाख विनियोजन गरेको थियो। दुबो लगाउन जिल्लास्थित सुरक्षा निकाय, विभिन्न सङ्घसंस्था, क्लब तथा स्थानीयसहित चार सय भन्दा बढी व्यक्तिले जनश्रमदान गरेका थिए।

Advertisement 2

जिल्ला सदरमुकाम तम्घासको ‘गहना’ भनेर चिनिने उक्त खेलकुद मैदान चिदीचौरको अहिले स्वरुपमा नै परिवर्तन आएको स्थानीयले बताएका छन्।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले वर्षायाममा हिलाम्मे हुने चिदीचौर हरियो कार्पेट बिछ्याएजस्तै सुन्दर देखिएको बताए।

Advertisement 3

“यो गुल्मी जिल्लाको गहना हो, त्यसैले हामीले यसलाई खेलकुदको प्रवद्र्धनसँगै चिदीचौरको दिगो संरक्षण गर्ने, कलात्मक मञ्च निर्माण गर्ने र यसको सौन्दर्यकरण गर्ने गरी काम अघि बढाएका छौँ”, नगर प्रमुख पन्थीले भने। दुबो लगाएर हरियाली बनेपछि खेल मैदान हेर्न तथा तस्बिर खिच्न आउने सर्वसाधारणको चहलपहल बढेको छ।

खेल मैदानको निर्माण लुम्बिनी प्रदेश सरकारको सहयोगमा भएको हो। रु ९० लाख एक हजार २७० को लागतमा उक्त खेलकुद मैदान निर्माण पूरा भएपछि दुबो रोप्ने काम भएको हो।

खेल मैदानको निर्माणको काममा ढिलाइ हुँदा जिल्ला तरीय राष्ट्रपति रनिङ शिल्ड, मेयर कपलगायत विभिन्न खेलकुद प्रतियोगिता सदरमुकामभन्दा बाहिर गई सञ्चालन गर्नुपरेको थियो।

लामो समयदेखि अधुरो रहेको खेल मैदान व्यवस्थित बनेपछि खेलाडी, खेलप्रेमी तथा सर्वसाधारणमा उत्साह बढ्नुका साथै उक्त स्थानमा आर्थिक चहलपहल समेत बढेको छ।

प्रकाशित :२०८३ भाद्र २, मंगलवार १३:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry