रोल्पा पहिरो: हराएकाको खोजी जारी

रोल्पा। जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा बिहिबार राति खसेको पहिरोमा परी हराएकाको खोजी जारी रहेको छ।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहिबार खसेको पहिरोमा परी मङरारुका ६४ वर्षीय लामी घर्ति अझै बेपत्ता छन्।
सोही वडाको फलबाङ्गमा खसेको पहिरोले पुरेर ३ जनाको मृत्यु भएको थियो। उनीहरूको शव बिहीबार नै घटनास्थलबाट निकालिएको थियो।
प्रकाशित :२०८३ श्रावण २९, शुक्रबार १६:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








