सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली। चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा मृत्यु भएको छ।
Advertisement 1
सर्पको डसाइबाट ५८ वर्षीया देउमा कामीको मृत्यु भएको हो। आज बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो। उपचारका लागि कर्णाली प्रदेश सुर्खेत पु¥याइएकी कामीको जाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए। चौकुने गाउँपालिका वीरेन्द्रनगर नगरपालिकादेखि करिब ७० किलोमिटर दूरी टाढा रहेको छ।
प्रकाशित :२०८३ श्रावण २७, बुधबार १६:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








