सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर रु ३ लाख १ हजार ५०० कायम भएको छ। हिजो आइतबार १ तोला सुन रु ३ लाख लाख १ हजार ७०० मा कारोबार भएको थियो।
Advertisement 1
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु ४ हजार ६७० पुगेको छ। हिजो १ तोला चाँदी रु ४ हजार ६४५ मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ।
प्रकाशित :२०८३ श्रावण २५, सोमबार ११:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








