निषेधाज्ञा खुुकुलो बनाउन उपत्यकाका मेयरहरुको माग

उपत्यका नगरपालिका फोरम अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनजीवन कष्टकर बनेको भन्दै चरणबद्ध रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी निषेधज्ञा खुकुलो बनाउनु पर्ने बताएका छन् ।

Advertisement 1

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । यसै निषेधाज्ञाको कारण कोरोना संक्रमणको दरमा कमि आएको छ । निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरुमा उकुस–मुकुस हुन थालेको छ । यससँगै स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार , जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

मेयर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सुचारु गर्नुपर्ने बताए । निषेधाज्ञालाई एकैपटक नभई चरण चरण गरेर खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताए ।

Advertisement 2

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारी साधन सञ्चालनमा रोक लगाउँदै र नाकाहरु बन्द गर्दै, स्वास्थ्य मापदण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताए । लकडाउनमात्रै विकल्प नभएकाले विस्तारै लकडाउन खुकुलो बनाउनुपर्ने उनले बताए । स्वास्थ्य मापदण्ड अपनाउदै फ्रन्टलाइनरहरुलाई काममा खटाउनुपर्ने पनि उनको भनाई छ ।

खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि लकडाउन बिस्तारै खुला गर्नुपर्ने बताए । व्यापार व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरुलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी लकडाउनलाई खुकुलो पार्नुपर्नेमा जोड दिए ।

प्रकाशित :२०७८ जेष्ठ २७, बिहीबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry