ट्याङ्करमा आगलागी

जनकपुरधाम। मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको गुजरा नगरपालिका–३ धनसारमा आगलागी भएको छ।
आज बिहान पेट्रोल बोकेको उक्त ट्याङ्कर बाराको अमलेखगञ्जबाट पेट्रोल बोकेर सर्लाहीतर्फ आउँदा सडकमा मृगलाई जोगाउने क्रममा पल्टिँदा आगलागी भएको रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।
इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
Advertisement 1
घटनास्थलमा मानवीय क्षति भएको छैन्। ट्याङ्कर चालक नियन्त्रणमा छन्।
प्रकाशित :२०८३ श्रावण २१, बिहीबार १४:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








