नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा.आलम नियुक्त

काठमाडौं। नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ।
Advertisement 1
नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि डा. आलमलाई अध्यक्ष नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
Advertisement 2
शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न निर्देशन दिइन्। उनले औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा परिषद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
नवनियुक्त अध्यक्ष आलमले परिषद्को संस्थागत क्षमता अभिवृद्धि, औषधि तथा फार्मेसी सेवाको गुणस्तर सुधार र पेशागत मर्यादा कायम गर्न प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








