शिवानन्द साधना केन्द्रको अध्यक्षमा चिन्तामणि योगी
काठमाडौं। शिवानन्द साधना केन्द्रको अध्यक्षमा आध्यात्मिक चिन्तक डा चिन्तामणि योगी निर्विरोध निर्वाचित भएका छन्।
Advertisement 1
केन्द्रको नेतृत्वमा काठमाडौँ महानगरपालिका–४ विशालनगरमा नेपालेश्वर मन्दिर सञ्चालनमा छ। नेपाललाई ईश्वरका रुपमा पूजा आराधना गर्ने उद्देश्यले नेपालेश्वर मन्दिरको प्राण प्रतिष्ठा गरी यहाँ नित्य पूजा आराधना हुने गरेको छ। नेपाललाई देवताका रुपमा स्थापना गरेर पूजा, आराधना हुने मन्दिर अन्यत्र कतै नभएको केन्द्रले जनाएको छ। केन्द्रमा आध्यात्मिक साधना गर्न चाहनेका लागि विशेष व्यवस्था हुँदै आएको छ।
केन्द्रको उपाध्यक्षमा किरणकुमार थापा, सचिवमा अस्मिता बोहरा, कोषाध्यक्षमा प्रचण्डकुमार मानन्धर र सदस्यमा क्रमशः अरविन्दलाल श्रेष्ठ, सुमन तामाङ र निर्मला महत निर्विरोध निर्वाचित भएका थिए।
Advertisement 2
केन्द्रको पहिलो कार्य समिति बैठकले संस्थाका पूर्व सचिव फणिन्द्र सिलवाल र सृजना राणालाई कार्य समिति सदस्यमा मनोनयन गरेको उपाध्यक्ष थापाले राससलाई जानकारी दिए।
पहिलो बैठकले कार्य समिति सदस्य निर्मला महतको संयोजकत्वमा नेपाल माताको मन्दिरको नित्य पूजा आराधना गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
केन्द्रसहित नेपाल माताको मन्दिर स्थानीय भेषराज्यलक्ष्मी सिंहले स्थापना गरेकी हुन्। उनले नै एक रोपनी १० आना जग्गासहितको भवन पनि नेपालेश्वर मन्दिरका नाममा शिवानन्द साधना केन्द्रलाई दान गरेकी हुन्।








