पौने २ लाखबाट तल झर्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको हो।

Advertisement 1

शुक्रबार प्रतितोला १ लाख ७५ हजार रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आइतबारका लागि प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि यही चैत ६ र ७ गते सुनको मूल्य १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्यमा कारोबार भएको थियो।

आइतबारका लागि चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँका दरले भएको थियो।

प्रकाशित :२०८१ चैत्र १०, आईतवार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry