‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौं। नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।

Advertisement 1

‘देश र कांग्रेस जोड्ने अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस एक हुनुपर्छ भन्ने पक्षधरका नेता कार्यकर्ताको भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दियो। पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य समेत रहनुभएका कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिनुभएका डा शशाङ्क कोइराला पार्टी एक बनाउन लाग्नुपर्ने बताए।

पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने गरेकाले कांग्रेसलाई एक बनाउन दबाब दिने उद्देश्यले साउन २० गते भेला गर्न लागिएको जानकारी दिए। पार्टी एकताको आवश्यकता देखेर कांग्रेस जोड्ने अभियान आजैदेखि सुरु गरिएको उनले बताए। भेलामा सहभागी हुन १ हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएका नेता महरले बताए।

Advertisement 2

कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले कांग्रेस एक बनाएर देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गरे।

प्रकाशित :२०८३ श्रावण १७, आईतवार १६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry