सञ्चार सचिव अर्यालले गरिन् पदभार ग्रहण

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिइन्।
Advertisement 1
सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उनले बताइन्। जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उनको भनाइ थियो। ‘सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु,’ सचिव अर्यालले भनिन्।
सो अवसरमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका विविध गतिविधिबारे सचिव अर्याललाई जानकारी गराएका थिए।
प्रकाशित :२०८१ श्रावण १६, बुधबार १७:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%