१५ सहसचिवको सरुवा, अर्थ मन्त्रालयदेखि प्रदेशसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । मन्त्रिपरिषद्ले १५ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
Advertisement 1
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुषाल र यमलाल भुषाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयमा पठाइएको छ।
Advertisement 2
यस्तै, अर्थ मन्त्रालयका रमेश अर्याललाई गण्डकी प्रदेश सरकारको प्रदेश सचिव तथा भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेश सरकारको प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। पाण्डे हाल भन्सार विभागमा कार्यरत थिए।
सरुवाअन्तर्गत केही सहसचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, स्वास्थ्य, संस्कृति, उद्योग, वन, सञ्चारलगायत विभिन्न मन्त्रालय तथा निकायमा नयाँ जिम्मेवारी तोकिएको छ।
Advertisement 3
मन्त्रिपरिषद्को निर्णयसँगै सम्बन्धित सहसचिवहरूलाई नयाँ कार्यस्थलमा हाजिर भई जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ।
हेर्नुहोस् सूची :









