कति छ स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको सम्पत्ति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्री भएको एक साता नपुग्दै आफ्नो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत शुक्रवार मन्त्री पदमा नियुक्त भएका तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार,मन्त्री तामाङको नाममा सिन्धुपाल्चोक जिल्लामा अंशको रुपमा प्राप्त करिब १७ रोपनी जग्गा छ। सम्पति विवरणमा तामाङले पुर्ख्यौली र खरिद गरेको समेत गरी २२ तोला सुन रहेको पनि उल्लेख गरेका छन्। तामाङले आफूसँग नगद २ लाख १६ हजार रुपैयाँ बैंक मौज्दात रहेको पनि सम्पति विवरणमा उल्लेख गरेका छन्।
यस्तै उनको नाममा काठमाडौंमा पनि ६ आना जग्गा रहेको विवरणमा उल्लेख छ। सम्पत्ति विवरणमा शेरबहादुर पत्नी उषाकला जो प्रदेश १ सरकारमा मन्त्री रहेकी छिन्,उनको नाममा मोरङ जिल्लाका विभिन्न ठाउँमा २ विघाभन्दा बढी र खोटाङमा १०५ रोपनी (पुर्ख्यौली) जग्गा रहेको सार्वजनिक गरेको विवरणमा उल्लेख छ।मन्त्री तामाङ पहिलोपटक न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानून निर्माण गर्ने तयारी गरे पनि पूरा हुन पाएको थिएन ।

sher bd tamang sampatti

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०७:१३

प्रतिक्रिया दिनुहोस्