दर्जन कर्मचारीलाई उछिन्दै असारमा  दिननाथ उत्कृष्ट

अञ्जनकुमार हिमाली।
नेपालीमा एउटा भनाइ छ काम गरे माम खान पाइन्छ। यसो त जिल्ला प्रशासन कार्यालयमा अब्बल कर्मचारीमा गनिन्छन मुद्दा शाखाका नासु सुभाष नेपाली, हरिभक्त बिक,  नेत्र गुरुङ र लेखापाल डम्बर खत्रीहरु। कहिलेकाहीँ राम्राहरु मध्ये पनि राम्राको छनौट गर्दा छनौट गर्ने निकायलाई नै सकस पर्ने। यस्तै सकसका बिच जिल्ला प्रशासन कार्यालय लमजुङले प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत दिननाथ अधिकारी (सागर) लाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट कर्मचारी (Employee of the Month)’ घोषणा गरेको छ।

Advertisement 1

पर्वत जिल्ला फलेवास नगरपालिका–३, घर भएका अधिकारी  २०८० साउन ७ गते देखि जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यरत छन्। उनले फ्रन्ट डेक्समा बसि सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै, बजार अनुगमन लगायत उपभोगमाको हित हुने कार्यलाई तिब्रता दिई वयवसायीमा बजार अनुगमन सम्बन्धि जानकारी गराएको वैठक व्यवस्थापन, मन्त्रालयसँगको कार्य सम्झौतालाई cpas मा प्रविष्ट गर्नुका साथै कार्यालयको कार्यसम्पादनमा निजले खेलेको उत्कृष्ट भुमिकालाई मध्यनजर गर्दै यस महिनाको उत्कृष्ट  कर्मचारीमा छनौट भएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयले कर्मचारीको मूल्याङ्कन समयपालना र नियमितता, मितव्ययिता, पारदर्शिता, गोपनीयता र व्यावसायिक आचरण तथा अनुशासन, जवाफदेहिता र जिम्मेवारी लगायतका सूचकलाई आधारमा मान्दै सो मूल्याङ्कन प्रणाली अनुसार असार महिनामा अधिकारीलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै प्रशंसा–पत्रले सम्मान गरिएको हो। जिल्ला प्रशासन कार्यालयको यो हौसला युक्त कदमले कर्मचारीमा थप उर्जा थप्नुका साथै कर्मचारीहरु बीच आन्तरिक स्वस्थ प्रतिस्पर्धा र कार्यसम्पादनमा उत्कृष्टता कायम राख्न थप प्रेरणा मिल्ने अपेक्षा जिल्ला प्रशासनले राखेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बताएका छन्।

प्रकाशित :२०८३ श्रावण ८, शुक्रबार १७:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry