प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्।

Advertisement 1

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितका पदाधिकारी सहभागी हुनेछन्।

त्यस अवसरमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवद्र्धन, रोजगारी सृजना र उद्योग क्षेत्रको विकासका विषयमा केन्द्रित भई छलफल हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए।

Advertisement 2

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आउनुभएको छ। त्यस अवसरमा उनीहरूले आफूहरूले भोगिरहेका समस्या, समाधानका उपाय तथा नीतिगत सुधारका विषयमा सुझाव प्रस्तुत गरेका छन्।

छलफलपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका कतिपय विषयवस्तु र समस्या समाधानका लागि तत्काल पहल गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका छन्।

प्रकाशित :२०८३ श्रावण ५, मंगलवार ११:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry