१ खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौं। नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ।
Advertisement 1
केन्द्रीय बैंकले आज सूचना जारी गर्दै निक्षेप सङ्कलनका लागि बोलकबोल जारी गरेको हो।
सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। बोलकबोल गर्दा निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। घटीमा रु १० करोड र बढीमा रु ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने छ।
प्रकाशित :२०८३ असार ३१, बुधबार १४:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








