सरकारद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

काठमाडौं। सरकारले देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले उपकुलपतिहरू नियुक्त गरेका हुन्।

Advertisement 1

सरकारको निर्णयअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य नियुक्त भएका छन्। उनी न्याम्सको क्यान्सर विभाग प्रमुखका रूपमा कार्यरत थिए।

त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. सूर्यमान म्याहाङम्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्।

Advertisement 2

उपकुलपति नियुक्तिका लागि सरकारले गठन गरेको छनोट तथा सिफारिस समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाएको थियो। सोही प्रक्रियाअनुसार योग्य उम्मेदवारको छनोट गरी सरकारसमक्ष सिफारिस गरिएको थियो।

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा संस्थागत नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ उपकुलपतिहरू नियुक्त गरेको जनाएको छ।

प्रकाशित :२०८३ असार २५, बिहीबार २०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry