४२ उपसचिवको सरुवा, १० जिल्लामा नयाँ सिडिओ (सूचनासहित)

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० तथा उपसचिवसहित ४२ जना राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा गरेको छ।

Advertisement 1

मन्त्रालयले असार १९ गतेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा मातहतका विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो।

सरुवाअनुसार १० जना प्रमुख जिल्ला अधिकारीलाई सहायक प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमा जिम्मेवारी दिइएको छ। त्यस्तै, कार्यसम्पादनमा उत्कृष्ट मानिएका केही सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

Advertisement 2

सरुवा सूचीअनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाललाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। त्यसैगरी, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

मन्त्रालयले प्रशासनिक नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको जनाएको छ।

Advertisement 3

हेर्नुहोस सुचि:

उपसचिव_सरुवा(2)

 

प्रकाशित :२०८३ असार २१, आईतवार ०८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry